धरान/ धरान उपमहानगरपालिका भित्र आज असोज १ गतेदेखी हर्न निशेध गर्ने भएको छ।काठमाडौ उपत्यका पछि पुर्वमा हर्न निशेध गरिएको क्षेत्र धरान दोस्रो हो।यस अघि इटहरी उपमहानगरमा पनि हर्न निशेध गरिसकेको छ।ध्वनी पदूषणको कारण मानव स्वास्थ्यमा विभिन्न असर हुने भन्दै ध्वनि निशेध गरिको कुरा जिल्ला ट्राफिक कार्यालय धरानले जनाएको छ।जनतालाई तथा चालकलाई सुचित गराउने उदेश्यले भानुचोकमा आज एक कार्यक्रमको आयोजना गरिएको थियो।धरान क्षेत्रमा दिन दिनै सवारीको चाप बढ्दो छ।जसका कारण जाम हुने र दुर्घटना हुने तेत्तिकै सम्भावना छ।धरानमा मोटरसाइकलको रुप परिवर्तन गर्ने र थप हर्नको आवाज जडान गरेर समेत ध्वनी पदूषण भैरहेको कुरा ट्राफिक कार्यालयले जनाए।बढ्दो सवारी चापका कारण भानुचोक,पुतली लाईन देशिलाईन छाताचोक लगायतका क्षेत्रमा जाम हुँदा हर्न बजाएर ध्वनि पदूषण भैरहेको बताए।
No comments:
Post a Comment