यो मनोरम दृश्य धरानको हो।यो दृश्य चिन्डे डाडाबाट खिचेका हो।जहाँबाट सुन्दर दृश्य हेर्न सकिन्छ।यहाँ पुग्न भानुचोकबाट ६ किलोमीटर दुरि पारगर्नुपर्छ।भानुचोकबाट टेम्पोको पनि ब्याबस्था छ।एकपटक तपाई पनि अवस्य पुग्नैपर्नेछ।
Saturday, October 21, 2017
Friday, October 20, 2017
Thursday, October 19, 2017
Wednesday, September 27, 2017
गोर्खाल्यान्ड आन्दोलन स्थगित
नयाँ दिल्ली, असोज ११ विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्दको कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन् । भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । दार्जिलिङ्ग बन्द स्थगित भएपछि पहाडकी रानी भन्ने नामबाट परिचित दार्जिलिङ्ग र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि पहिलाजस्तै सामान्य र सुचारु भएको छ । पश्चिम बङ्गालबाट टुक्रिई दार्जिलिङ्ग र आसपासका क्षेत्रलाई एक छुट्टै राज्य – गोर्खाल्याण्डको स्थापना हुनुपर्ने मुख्य माग राख्दै दार्जिलिङ्गको गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा एकसय दिनभन्दा बढीसम्म लगातार जनआन्दोलन चलिरहेको थियो ।  गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता बिमल गुरुङ्गले पार्टीका अन्य नेताहरुसँग सल्लाह गरी एक रेडियो वक्तव्यमार्फत् अनिश्चित कालसम्मका लागि आन्दोलन र बन्दको कार्यक्रम फिर्ताको घोषणा गरेका जनाइएको छ । दशैं तिहारजस्ता ठूला चहाड, पर्वलाई ध्यानमा लिई सामाजिक शान्ति र सद्भाव कायम राख्न आन्दोलन स्थगित गरिएको जनाइएको छ । गत मङ्गलबार केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले आन्दोलनरत नेताहरुलाई प्रजातान्त्रिक राष्ट्रमा जस्तोसुकै गम्भीर राजनीतिक समस्या पनि वार्ताद्वारा समाधान निकाल्न सकिनेू भन्दै आन्दोलन र बन्दका कार्यक्रम फिर्ता लिन आह्वान गर्नु भएको थियो । गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्द गत एकसयचार दिनदेखि चल्दै आइ त्यहाँको जीवन कष्टकर बन्दै आइरहेको थियो । आन्दोलन र बन्दको अवधिमा हिंसा भड्किँदा एघार जनाको ज्यान गएको र थुप्रै सङ्ख्यामा आन्दोलनकारीहरु घाइते भएका थिए । यसै अवधिमा ब्यापारिक र पर्यटकिय गतिविधि ठप्प हुँदा दार्जिलिङ्गले ठूलो आर्थिक क्षतिसमेत बेहोर्नु परेको थियो । रासस÷सिन्ह्वा
Monday, September 25, 2017
बिपिको बन्द प्रती आदिवासीको बिग्यप्ति
धरान /नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानले हाल बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा भैरहेको आन्दोलनको घोर आपत्ति जनाएको छ।
सोमबार एक बिग्यप्ति जारी गर्दै हाल भैरहेको बन्द प्रती ध्यानाकर्षण भएको जनाउदै स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रमा अशान्त हुनु र सर्वसाधारणले सेवा सुबिधाबाट बन्चित हुनु दुखको कुरा भएको जनाएको छ।सबै प्रशासनिक कार्य समेत प्रभावित भएकोले सेवाग्राही मारमा परेको जनाएको छ।लोकतन्त्रमा आफ्ना माग राख्ने अधिकार भए पनि दुबै पक्ष गम्भिर हुन आग्रह गरिएको छ।यसरी स्वास्थ्य क्षेत्र लामो समय सम्म बन्दको कारण सिङ्गो धरानकै छबिमा समेत नकारात्मक असर पर्ने भएको भन्दै आन्दोलनरत पक्षको जायज मागलाई अबिलम्ब सम्बोधन गरि प्रशासनिक कार्य तथा स्वास्थ सेवा सुचारु गर्न बिग्यप्ती मार्फत ध्यानाकर्षण गराएको छ।बिग्यप्तिमा अध्यक्ष सुबासचन्द्र हुक्पा चोङ्बाङ र सचिब हेमराज याक्खाले हस्ताक्षर गरेको छ।
Wednesday, September 20, 2017
शेर्पा संघद्वारा मन्त्रीलाई सम्मान
धरान / नेपाल शेर्पा संघ सुनसरी द्वारा सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत र राज्यमन्त्री वाङ्दी शेर्पालाई सम्मान गरेको छ।मन्त्री द्वय पुर्वी भ्रमण आएको अवसर पारेर हिमालयन महायान देछेन छोलिङ गुम्बा धरान १८ मा उक्त सम्मान कार्यक्रम गरेको हो।सम्मान कार्यक्रममा शेर्पा संघको निर्माणाधीन अत्याधुनिक भवनको बारे अध्यक्ष गेल्बु शेर्पाले साढे चार करोड्को लागतमा बन्ने कुराको प्रस्ताव समेत गर्नुभएको हो।सो प्रस्तावलाई मन्त्री बस्नेतले पुरक बजेटबाट सम्बोधन गर्न सकिने बताए।
शेर्पा संघद्वारा मन्त्री र राज्यमन्त्रीलाई सम्मान
धरान / नेपाल शेर्पा संघ सुनसरी द्वारा सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत र राज्यमन्त्री वाङ्दी शेर्पालाई सम्मान गरेको छ।मन्त्री द्वय पुर्वी भ्रमण आएको अवसर पारेर हिमालयन महायान देछेन छोलिङ गुम्बा धरान १८ मा उक्त सम्मान कार्यक्रम गरेको हो।सम्मान कार्यक्रममा शेर्पा संघको निर्माणाधीन अत्याधुनिक भवनको बारे अध्यक्ष गेल्बु शेर्पाले साढे चार करोड्को लागतमा बन्ने कुराको प्रस्ताव समेत गर्नुभएको हो।सो प्रस्तावलाई मन्त्री बस्नेतले पुरक बजेटबाट सम्बोधन गर्न सकिने बताए।
Tuesday, September 19, 2017
सहयात्रीको नवौ साधारण सभा
धरान /सहयात्री बचत तथा ऋण सहकारि सस्थाको नवौ वार्सिक साधारण सभा उद्योवाणिज्य संघ सुनसरीको हलमा सम्पन्न भएको छ।धरान उपमहानगरपालिकका मेयर तारा सुब्बाको प्रमुख आतिथ्य रहेका थिए।प्रमुख अतिथी मेयर सुब्बाले अब स्थानीय सरकार आइसकेकोले सहकारी पनि यसै मार्फत दर्ता प्रक्रिया हुने भएकोले नगरपालिका र सहकारी सस्था नङ र मासुको सम्बन्ध हुनुपर्ने बताए।यस सहकारी सस्थाले मानबिय सेवा समेत गरेकाहुनाले त्यस्को प्रशम्सा गर्नुभयो। सस्थालेसस्थाका अध्यक्ष काजी गिरिको अध्यक्षतामा भएको साधारण सभामा अन्य अतिथिहरुमा धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवाल,सीता राई,नरेश इबारम,सुर्यबहादुर श्रेष्ठ,हर्क तुम्रोक राम, सरुप शर्मा,लगायत थिए।२०६५ सालमा ३१ जनाको समूह बनाई २०६६ सालमा बिधिवत रुपमा दर्ता भइ बैधानिक रुप लिएको हो।हाल यश सहकारीमा तीन सय बीस जना शेयर सदस्य रहेका छन भने तीन लाख शेयर पुजिबाट शुरु भएको यश सस्थाको हाल ९४ लाख शेयर पुजि रहेको बताएको छ।सस्थाले ३ लाख ७९ हजार३७ हजार नौ सय सड्चालिस रुपैया ऋण लगानी गरेको छ।करिब पचास हजार आन्तरिक शेयर सदस्यलाई उपचार खर्च समेत सहयोग गरेको बताए।६७ लाख दुई हजार आठ सय दस आम्दानीमा ५७लाख१८ हजार दुई सय दश आमदानीमा ५७ लाख अठार हजार दुई सय पचहत्तर खर्च गर्दा खुद मुनाफा नौ लाख चौरासी हजार पाँच सय पैतिस भएको जनाएको छ।कार्यक्रममा मेयर तारा सुब्बा वडाध्यक्ष नरेस इबारम र रत्न कटुवाललाई सम्मान गरिएको थियो।शेयर सदस्यका एसइइ उतिर्ण विद्यार्थीहरुलाई पनि प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिका थिए ।
सहयात्री बचतको नवौ साधारण सभा
सहयात्री बचत तथा ऋण सहकारि सस्थाको नवौ वार्सिक साधारण सभा उद्योवाणिज्य संघ सुनसरीको हलमा सम्पन्न भएको छ।धरान उपमहानगरपालिकका मेयर तारा सुब्बाको प्रमुख आतिथ्य रहेका थिए।प्रमुख अतिथी मेयर सुब्बाले अब स्थानीय सरकार आइसकेकोले सहकारी पनि यसै मार्फत दर्ता प्रक्रिया हुने भएकोले नगरपालिका र सहकारी सस्था नङ र मासुको सम्बन्ध हुनुपर्ने बताए।यस सहकारी सस्थाले मानबिय सेवा समेत गरेकाहुनाले त्यस्को प्रशम्सा गर्नुभयो। सस्थालेसस्थाका अध्यक्ष काजी गिरिको अध्यक्षतामा भएको साधारण सभामा अन्य अतिथिहरुमा धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवाल,सीता राई,नरेश इबारम,सुर्यबहादुर श्रेष्ठ,हर्क तुम्रोक राम, सरुप शर्मा,लगायत थिए।२०६५ सालमा ३१ जनाको समूह बनाई २०६६ सालमा बिधिवत रुपमा दर्ता भइ बैधानिक रुप लिएको हो।हाल यश सहकारीमा तीन सय बीस जना शेयर सदस्य रहेका छन भने तीन लाख शेयर पुजिबाट शुरु भएको यश सस्थाको हाल ९४ लाख शेयर पुजि रहेको बताएको छ।सस्थाले ३ लाख ७९ हजार३७ हजार नौ सय सड्चालिस रुपैया ऋण लगानी गरेको छ।करिब पचास हजार आन्तरिक शेयर सदस्यलाई उपचार खर्च समेत सहयोग गरेको बताए।६७ लाख दुई हजार आठ सय दस आम्दानीमा ५७लाख१८ हजार दुई सय दश आमदानीमा ५७ लाख अठार हजार दुई सय पचहत्तर खर्च गर्दा खुद मुनाफा नौ लाख चौरासी हजार पाँच सय पैतिस भएको जनाएको छ।कार्यक्रममा मेयर तारा सुब्बा वडाध्यक्ष नरेस इबारम र रत्न कटुवाललाई सम्मान गरिएको थियो।शेयर सदस्यका एसइइ उतिर्ण विद्यार्थीहरुलाई पनि प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिका थिए ।
Sunday, September 17, 2017
आजबाट धरानमा हर्न निशेध
धरान/ धरान उपमहानगरपालिका भित्र आज असोज १ गतेदेखी हर्न निशेध गर्ने भएको छ।काठमाडौ उपत्यका पछि पुर्वमा हर्न निशेध गरिएको क्षेत्र धरान दोस्रो हो।यस अघि इटहरी उपमहानगरमा पनि हर्न निशेध गरिसकेको छ।ध्वनी पदूषणको कारण मानव स्वास्थ्यमा विभिन्न असर हुने भन्दै ध्वनि निशेध गरिको कुरा जिल्ला ट्राफिक कार्यालय धरानले जनाएको छ।जनतालाई तथा चालकलाई सुचित गराउने उदेश्यले भानुचोकमा आज एक कार्यक्रमको आयोजना गरिएको थियो।धरान क्षेत्रमा दिन दिनै सवारीको चाप बढ्दो छ।जसका कारण जाम हुने र दुर्घटना हुने तेत्तिकै सम्भावना छ।धरानमा मोटरसाइकलको रुप परिवर्तन गर्ने र थप हर्नको आवाज जडान गरेर समेत ध्वनी पदूषण भैरहेको कुरा ट्राफिक कार्यालयले जनाए।बढ्दो सवारी चापका कारण भानुचोक,पुतली लाईन देशिलाईन छाताचोक लगायतका क्षेत्रमा जाम हुँदा हर्न बजाएर ध्वनि पदूषण भैरहेको बताए।
भोटे जात र थर होइन
-कर्मा तेन्जिङ भोटिया
संसारको जुनसुकै मुलुकमा बसोबास गरिरहेका नेपाली मुलका मानिस नेपाली भनेर चिनिन्छन् र उनीहरू पनि आफू नेपाली हौँ भनी चिनाउनमै गर्व गर्छन् । नेपालीमात्र होइन अमेरिकालगायत अन्य मुलुकमा बसोबास गर्ने वा त्यस देशको नागरिकता पाइसकेका तिब्बतियन मुलका मानिसले पनि 'म तिब्बती हुँ' भनी आप\mनो परिचय दिन गर्व गर्छन् । यतिमात्र होइन, उनीहरू सबैले आप\mनो मातृदेशको समेत परिचय दिन रुचाउँछन् । त्यसैले नेपाली वा तिब्बतियन भन्ने अर्को मानवीय जात वा थर हुन सक्दैन बरु यसले सबैलाई राष्ट्रिय भावनासहित एकताको धागोमा बाँधेको हुन्छ । यो शब्दले ती मानिस त्यस स्थानविशेष वा अराज्यसित सम्बन्धित हुन् भनेर इङ्गितसमेत गर्छ । त्यसैले आमनेपाली समुदायभित्र अन्य विभिन्न जात-जाति तथा थरका मानिस पनि हुन्छन् भन्ने बुझ्नुपर्छ ।नेपाल र नेपालीमाझ तिब्बतलाई भोट र तिब्बतियन समुदायलाई भोटे पनि भन्ने चलन छ । नेपालमा भोटे भनिने समुदायका मानिस प्रायः नेपालको हिमाली भेगमा बसोबास गर्छन् । यसरी नेपालको उत्तरी हिमाली जिल्लामध्ये सङ्खुवासभा पनि एक हो । यस जिल्लाको तिब्बत नेपाल सीमाआसपासका गाविसमा बसोबास गर्ने समुदायका संस्कृति, भेषभुषा, रहनसहन र जीवनयापन पद्धति तिब्बतियन समुदायसँग करिब मिल्दोजुल्दो रहेको छ । त्यसैले नेपाली यी समुदायलाई पनि भोटे जाति भनी उल्लेख गरिन्छ । यो शब्द जनजिब्रोमा मात्र नभई नेपाल सरकारको सरकारी कागजातमा समेत भोटे शब्द नै उल्लेख गरेको पाइन्छ । तसर्थ भोटे शब्दलाई कतिपयले एउटा जातिविशेषका रूपमा बुझिआएको पनि देखिन्छ । तर, भोटे शब्द आपै"mमा एउटा जात नभई कुनै क्षेत्रविशेषमा बसोबास गर्ने समुदायमात्र हुन् । जसरी नेपाली समुदायभित्र बाहुन, क्षेत्री, राई, लिम्बू, दलित आदि भएजस्तै भोटे समुदायभित्र पनि विभिन्न थर-उपथरका मानिस हुन्छन्, चाहे तामाङ, गुरुङ, थिक्येपा, नुप्पा आदि किन नहोऊन् । सङ्खुवासभाका यिनै भोटे भनिने समुदायभित्र थिक्येपा, नुप्पा, भेत्च्यावा जाति र त्यसभित्रका थर-उपथरहरू सेक्नेपेदेन, हमुवा, पेज्यवा, गोम्बुक्पा, ओरोकच्येम्बा, सेत्च्या इत्यादि रहेका छन् ।भोटे शब्दलाई उनीहरूको भेषभुषा र सरसफाइ प्रवृत्तिसँग पनि हेरिने गरेको पाइन्छ । हिमाली भूगोल र चिसो मौसमका कारणले त्यस भेगमाबस्ने समुदायले स्वभावैले बाक्लो लुगा लगाउने, कम नुहाउने तथा नुहाइधुवाइ गर्न तिथिमितिसमेत हेर्ने प्रचलनले सरसफाइमा कमै ध्यान दिएको पाइन्छ । यसका साथै विभिन्न प्रतिकूल परिवेशले गर्दा यस समुदायमा आवश्यक शिक्षा-दीक्षामा पनि कम ध्यान दिएको पाइन्छ । त्यसकारण यी समुदाय तल्लो भेगको पहाडी तथा तराईवासीभन्दा तुलनात्मक रूपमा बढी फोहोरी, कम शिक्षित र पिछडिएका देखिन्छन् । जसबाट भोटे शब्द नै फोहोरी, असभ्य, अशिक्षितजस्त्ाा कुरासँग जोडिन गई यो शब्दबाट ती समुदायले आफू अपहेलित हुनुपरेको महसुस गर्छ । उदाहरणका लागि अरू समुदायका मानिसले पनि आफ्नो परिवारका कुनै सदस्य फोहोरी या असभ्य देखिएमा त्यसलाई भोटे उपनाम दिइन्छ अर्थात् ए भोटे भनी बोलाइन्छ । यस्ता व्यवहारले भोटे जातिप्रति नकारात्मक धारणा फैलिन गएको छ ।वास्तवमा भोटे शब्द आफैँमा तिब्बती भूमिमा बसोबास गर्ने समुदायलाई उनीहरूकोे राष्ट्रियता बुझाउने शब्द हो, न कि कुनै जातिविशेष वा थर । नेपाली मुलका मानिसलाई नेपाली भनिएजस्तै भोट -तिब्बत) मुलका मानिसलाई भोटे भनिएको हो । तर, विडम्बनाको कुरा त्यस हिमाली भेगमा बस्ने नेपाली जनतालाई सरकारले उपलब्ध गराउने नागरिकताको प्रमाणपत्र तथा अन्य सरकारी अभिलेखमा समेत भोटे थर लेखिएको पाइन्छ । यो समुदाय पर्याप्त मात्रामा शिक्षा लिने अवसरबाट पनि वञ्चित भएकाले नेपाली भाषा प्रस्टसँग बुझ्न सक्दैनन् र आफ्नो कुरा पनि प्रस्ट्याउन सक्दैनन् । सरकारी कर्मचारीले पनि नागरिकता प्रमाणपत्र उपलब्ध गराउँदा थरविशेषको गहिरो अध्ययन, सम्बन्धित सरोकारवालासित छलफल वा विश्लेषण र पहिचान नै नगरी क्षेत्रगत बसोबासको आधार वा प्रचलनमा रहेको सतही भाषाकै आधारमा मनोमानी तरिकाले भोटे थर लेखिदिएको र यसै शब्दलाई आजसम्म निरन्तरता दिएको पाइन्छ । अर्कोतर्फ यस समुदायका महिलाको थरको पछाडि 'नी' शब्द थपेर भोटेनी बनाइएको छ । अन्य जात-जातिमा मौखिक रूपमा भन्ने गरिए तापनि उनीहरूको थरको पछाडि जस्तो, बाहुनी, क्षेत्रिनी, अधिकारिनी, कार्कीनी आदि लेखिएको पाइन्न ।तसर्थ, यो भोटे भनेर कुनै जातिविशेषलाई इङ्गित गरिने शब्दप्रति सुधारको आवश्यकता देखिन्छ । भोटे थर होइन भन्ने तलको कुराले थप प्रस्ट पार्छ । जस्तै, तिब्बतियनलाई कसैले तपाइर्ं 'भेप्पा' हो ? भनी सोध्यो भने उसले गर्वसाथ हो 'म भेप्पा हुँ' भनी जवाफ दिन्छ । त्यस्तै अङ्ग्रेजीमा आर यु टिबेटियन ? भनी सोध्दा उसको जवाफ एस, आईएम टिबेटियन भन्छ । तर, त्यही व्यक्तिलाई तपाईं 'भोटे' हो भनी सोध्यो भने ऊ रिसाहा अनुहार बनाएर 'म भोटे होइन भनी जवाफ दिन्छ' । खासमा 'भेप्पा' को अर्थ अङ्ग्रेजीमा 'तिब्बतियन' भन्ने हुन्छ 'भोटे' होइन ।भोटे शब्दलाई भावी दिनमा एउटा जात, थरका रूपमा नभई यस समुदायलाई एकै छहारीमुनि गोलबद्ध गर्ने क्षेत्रगत मूलवासीका रूपमा लिई सरकारी कामकाजको कागजातमा माथि उल्लिखित जाति, थिक्येपा, नुप्पा, भेत्च्यावा र थर-उपथरभित्र सेक्नेपेदेन, हमुवा, पेज्यवा, गोम्बुक्पा, ओरोकच्येम्बा, सेत्च्या आदिलाई समावेश गर्दै जानुपर्छ । यसो गरिएको खण्डमा भविष्यमा आप\mनो हाडनाताको सम्बन्ध कायम राख्न र कुटुम्ब जोड्न बाधा हुँदैन । साथै आˆनो थर-उपथरको पहिचान भई भावी पुस्तामा हाडनाता लाग्ने आपसमा वैवाहिक सम्बन्ध छुटाउन सहयोग पुग्छ । त्यसैले भावी दिनमा हामी सबैले आप\mना जात, थर र उपथर चिन्ने, जान्ने कोसिस गरी नागरिकता प्रमाणपत्रलगायत अन्य सबै सरकारी कागजातमा आ-आपm्नो थर लेख्न आवश्यक छ । अतः आजको तमाम युवा वर्ग, राजनीतिकर्मी, समाजसेवी तथा शिक्षित वर्ग आपसमा फुटेर होइन एकमतले अगाडि बढ्नुपर्छ । यसो भएमा आफ्नो स्वजातीय पहिचान भई कुनै समुदाय कुनै क्षेत्रमा बस्दैमा क्षेत्रगत जातको हुँदैन भन्ने सन्देश सबैलाई दिनुपर्छ ।
Friday, September 15, 2017
चुम्लुङमा दुई बिद्वान डम्बर चेम्जोङ र चैतन्य सुब्बा
धरान /किरात याक्थुङ चुम्लुङ धरानको लिम्बुवान अध्ययन केन्द्रले आदिवासी लिम्बुहरुको प्रथाजनित कानुन र लिम्बुवान आन्दोलनको इतिहास थातथलो र पहिचान बिसयमा शुक्रबार दुई विद्वान डा. चैतन्य सुब्बा र डा. डम्बर चेम्जोङ द्वारा प्रस्तुतीकरण गरेका हुन।
डा. चैतन्य सुब्बाले मुन्धुममा रहेका प्रथा परम्परा अनुसारको फौजदारी कानुन बारे प्रस्ट्याएका थिए।मुन्धुम मै मृत्यु दण्ड जस्ता क्रियाकलाप वा सजाय भएकोले आजको मृत्युदण्ड पनि मुन्धुमबाट प्रचलन भएको हो कि भन्नुहुन्छ।मुन्धुममा फुलले हानेर समेत आफ्नो दाजुभाइको हत्या गरेकोले लिम्बू समुदायमा अहिले पनि चेलिले माईतिलाई फुल दिनुहुदैन भन्ने प्रथा परम्परा रहेको बताए।सुब्बा पद सङ्गै किपट पनि घट्दै गएको बताए।किपट क्षय हुनुमा सुभाङ्गी प्रथा जिम्मेवार भएको बताए।
डा.डम्बर चेम्जोङले लिम्बुवान आन्दोलनको इतिहास थातथलो र पहिचान बारे प्रस्तुतीकरण गरेका थिए।लिम्बू समुदायलाई सस्कृतिबाट छुटाउनको लागि किपट प्रथा तोडिएको बताए।आर्य इतिहास लेख्नु भन्दा अगाडि नै अनार्य अर्थात किरात ईतिहास लेखिसकेको हुदाहुदै पनि किरात इतिहासलाई अन्धकारको इतिहास भनेर लिच्छविकाललाई मात्र स्वर्ण इतिहास भनेर बिभेदगरि उल्लेख गरिए।हाल आएर ती इतिहासलाई त आर्यले मानेर गए लिम्बू समुदायले पनि त्यस्लाई स्विकार्नु दुखको कुरा बताए।दस लिम्बु हुँदै आएका इतिहास लिम्बुवान इतिहासका जिबित इतिहास रहेको बताए।
Wednesday, September 13, 2017
धरान शहर सरकारी सम्रचना गुमाउदै
धरान अहिले बिकासको लागि अघि बढिरहेको छ।तर यो कुरा पछिल्लो पुस्ताले मात्र बिकासोन्मुख भएको देखिएको मात्र हो। यस अघि नै सरकारी सम्रचनाहरु धरानमा थिए तर क्रमिक रूपमा धरानबाट उठेर जाने क्रम जारिरहे।भर्खरै मात्र नेपाल टेलिकमको आर्थिक शाखा इटहरी सारिएको छ।त्यो हालैको मात्र उदाहरण हो।धरानमा रहेका यस्ता जति सरकारी निकाय थिए ती स्थिर रुपमा रहन नसक्नुमा यहाको राजनैतिक तथा धराने जनको कमजोरी रहेको पत्रकार प्रदिप मेयाङ्बोले बताए ।पत्रकार मेयाङ्बोले धरानको निकाय सरेर गएको एउटा लामो फेहरिस्त नै तयार गरि धराने जनता तथा राजनैतिक दल विभिन्न बुद्धिजीवीहरुलाई झकझकाउने कुरा आफ्नो फेसबुक वालमा राखेका छ्छ्न ।
धरानमा के के थिए ? अनि कसरी इतिहास बने ? विवेक नपुर्याए अव फेरि त्यो इतिहासको पनि कसरी पतन हुदैछ यसो मनन गर्ने की । झक्झकाएको मात्र है- उनले भने
कुनै समय कोशी अंचलको सदरमुकाम धरान थियो, त्यसबेला देखि हालसम्ममा धरानमा रहेका क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटा सारिया, राष्ट्रि बाणीज्य बैंकको क्षेत्रीय कार्यालय विराटनगर पुऱ्याइयो, धरान –१६ मा प्रमाणपत्र तहसम्म अध्ययन हुने मेडिकल कलेज पनि थियो, त्यो पनि महाराजगंज काठमाण्डौमा रातारात सारियो । नापतौल तथा गुण नियन्त्रण विभागको क्षेत्रीय कार्यालय पनि विराटनगर
रातारात सारियो । क्षेत्रीय अस्पताल थियो, त्यसलाई पनि विराटनगर नै गाभियो, अंचल अदालत थियो बहुदल पछि पुनरावेदन अदालत नामाकरण गर्ना साथ त्यो पनि उतै विराटनगर सारियो । व्रिटिस घोपा क्याम्प थियो पनि पोखरा पुग्यो । केन्द्रीय प्रविधि क्याम्पसको आधारमा खाद्य प्रयोगशालाको क्षेत्रीय कार्याललय थियो त्यो पनि विराटनगर सारियो, यातायात लाइसन् लिने कार्यालय पनि इटहरी सारियो । कृषी विकासको क्षेत्रीय कार्यालय सारेर डुवान डुवान क्षेत्र विराटनगर पुर्याइयो । फुश्रेमा आर्मिको जनरल बस्ने ठुलै कार्यालय थियो अहिले विपतव्यबस्थापन गर्ने सानो टुकटीमात्र बस्ने व्यबस्थामा सिमीत गरियो । पछिल्लो समयमा यसैको निरन्तरतास्वरुप नेपाल टेलिकमको लेखा र प्रसासन फांटलाई इटहरी सारिएको छ । अव सार्ने पालो विपि प्रतिष्ठान कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छ । किन की त्यहा बन्द अड्ताल तालाबन्दी धर्ना, नभएको कुनै साता छैन । पहिले रातारात सत्ता र शक्तिको प्रयोग गरेर रातारात यतिका धेरै क्षोत्रीय स्तरका महत्वपुर्ण सरकारी कार्यालयहरु अन्यत्र सार्नु अर्थ धरानलेले राष्ट्रिय स्तरको पहुच भएको कुनै हनुमाने नेता कार्यकर्ता जन्माउन नसक्नु वा तयार गर्न नसक्नु हो । यति धेरै सरकारी कार्यालय धरानमै आजपर्यन्त संचालनमा रहेको भए यो धरान अझ कस्तो हुन्थ्यो होला ? कसैले कल्पना गरेको छ ? नाथे टेलिकमको लेखा र प्रसासन फांट त सारको थाहा नपाउने हामी के घमण्ड गर्नु हाउ ? अव एउटा इतिहासको एउटा पाठ्यक्रम बनाउन मात्र बांकी छ धरानमा यी यी सरकारी कार्यालय थिए रे ती सवै अन्यत्र सारिए रे धरानप्रति चासो भएका योग्य दक्ष पहुचवाला व्यक्तिको अभावमा भनेर आजका नया पुस्तालाई जानकारी दिदै पढाउनकालागि । त्यसबेला सार्न सक्ने भए शायद बुढासुव्वा, दन्तकाली, पिण्डेश्वर वावाधाम पनि सार्थे होलान् । कोही छ माइकालाल यी सारिएका सवै क्षेत्रीय कार्यालय पुन धरानमा पुनस्थापर्ना गर्न धराने हनुमान ? नत्रकसैले पनि फुइया नलाए भो । म यस्तो नेता, म यस्तो पार्टीको मेम्बर, मेरो पहुच केन्द्र सम्म छ भनेर । अव छलेनको सडकमा पनि लफडा सुरु भएको छ त्यो पनि विवाद नसुल्झे अवको दश बर्षमा यो धरान बस्न लायक हुदैन । त्यतिन्जेलमा यो विपि प्रतिष्ठान पनि विवादै विवादको झमेलामा फसेर कुनै बेला पटनामा भारतकै नामी अस्पताल थियो रे अहिले कम्पोडर पनि नबस्ने अस्पपताल बने जस्तै अवको एक दशकमा हुन सक्छ । विवेक प्रयोग गर स्वार्थको लागि होइन सामुहकिताको लागि । शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सांस्कृतिक समावेशी शहरको रुपमा विकास गर्ने हो भने दलीय स्वार्थलाई छाडेर धरानमा नमूनाको रुपमा रहेको केन्द्रीय प्रविधि क्याम्पस, पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस र त्यहाको रहेको मुलुकै एकमात्र कृषी इन्जिनियरिङ कार्यक्रम, पिण्डेश्वर विद्यापिठ क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस, विपि प्रतिष्ठान, छलेनको राष्ट्रिय योजना, धरान खानेपानी आयोजनालाई स्तरउन्नती गर्न एकजुट बन्नुको विकल्पछैन । अव सवै पैसाकै पछि , स्वार्थकै पछि, कमिसनकै पछि लागेर आफुलाई भए पुग्यो अरु सवै भाँड में जाए भन्ने हो भने धरानको इतिहासका पनि पतन चाडै हुदैछ ।कुनै बेलाको नगर देखि गाउउन्मुख भद्रपुर र इनरुवा बने जस्तै ।