Monday, September 11, 2017

भोट्खोला गाउँ पालिकाको पहिलो बैठक,किमाथांकामा                     भन्सार बस्ने
स्थानीय  निर्वाचन सकिएको लामो समयपछि भोट्खोला गाउँपालिकाको पहिलो बैठक यहि भाद्र १५ गतेबाट शुरु भै सम्पन्न भएको छ।बैठकले आर्थिक वर्ष २०७४/७५ को बजेट सम्बन्धि छलफल गरि वडा स्तरसम्म बिनियोजन गरेको कुरा गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे (ठिलेन साङ्बु)ले बताए ।भोट्खोला गाउँपालिकालाई प्राप्त वडास्तरको बजेट ५ करोड २०लाखलाई जनसंख्या र भुगोलको आधार मान्दै वडा २ र ४ लाई रु एक करोड १० लाख बिनियोजन गरे भने अन्य तीन वडालाई रु एक करोडको दरले बिनियोजन गर्ने निर्णय भएको बताए।ससर्त बजेट शिक्षा र स्वास्थ तर्फ रु ४ करोड ३७ लाख र गाउँपालिकाको बजेट ३ करोड ४१ लाख समेत यसै चालू आर्थिक वर्षको लागि रहेको कुरा २ नम्बर वडाध्यक्ष छिरिछेदर भोटेले जनाए।सिम्बोक्प डाडामा बिटिएस टावर स्थापना,माक्पालुङको चालू टेलिकम टावर स्तरोन्नति पनि यसै चालू आर्थिक वर्षबाट हुने बताए।किमाथांकामा भन्सार स्थापना गर्नको लागि अर्थमन्त्री सङ्ग कुरा भैसकेकोले चाडै स्थापना हुने बताए।कर्मचारीको समस्याको कारण समयमै काम गर्न नसकेको जनाए।थप निर्णय अगाडि बढाउनको लागि कार्तिकको दोस्रो हप्तादेखि वडा स्तरिय परिषद सभा तोकिएको छ।वडा परिषदबाट आएका प्रस्तावलाई पुनः गाउँपालिका सभामा लाने योजना रहेको छ।स्थानीय सम्रचनामा हाल वडा बिभाजन,गाउँपालिका र नगरपालिकाको नाम तथा केन्द्र समेत छ महिना भित्रमा परिवर्तन गर्नुपर्ने प्राबधान रहेको छ।हाल भोटखोलामा वडा बिभाजन एक समस्याको रूपमा रहेको छ।सिङ्गो किमाथांका भौगोलिक तथा जनसंख्याको रूपमा साना छन् र हटिया गाबिस र चेपुवा गाबिस तुलनात्मक रूपमा बराबरी भए पनि चेपुवा एउटा मात्र वडा भएकोले वडा बिभाजनको आवाज उठिरहेका छन ।्अहिले तिब्बती बजारबाट सामान ल्याउन तीन दिन लगाएर सदरमुकाम खादबारी आएर राजस्व तिर्नुपर्छ र त्यो कागज लगेपछि बल्ल सामान छोडिन्छ।यसरी भन्सार नबस्दा ब्यापारिहरुले दुख पाईरहेका छन भने यहि लामो झन्झटका कारण भन्सार छल्ने काम भएको छ।

No comments:

Post a Comment