Tuesday, September 19, 2017

सहयात्रीको नवौ साधारण सभा

धरान /सहयात्री बचत तथा ऋण सहकारि सस्थाको नवौ वार्सिक साधारण सभा उद्योवाणिज्य संघ सुनसरीको हलमा सम्पन्न भएको छ।धरान उपमहानगरपालिकका मेयर तारा सुब्बाको प्रमुख आतिथ्य रहेका थिए।प्रमुख अतिथी मेयर सुब्बाले अब स्थानीय सरकार आइसकेकोले सहकारी पनि यसै मार्फत दर्ता प्रक्रिया हुने भएकोले नगरपालिका र सहकारी सस्था नङ र मासुको सम्बन्ध हुनुपर्ने बताए।यस सहकारी सस्थाले मानबिय सेवा समेत गरेकाहुनाले त्यस्को प्रशम्सा गर्नुभयो। सस्थालेसस्थाका अध्यक्ष  काजी गिरिको अध्यक्षतामा भएको साधारण सभामा अन्य अतिथिहरुमा धरान ९ का वडाध्यक्ष रत्नबहादुर कटुवाल,सीता राई,नरेश इबारम,सुर्यबहादुर श्रेष्ठ,हर्क तुम्रोक राम, सरुप शर्मा,लगायत थिए।२०६५ सालमा ३१ जनाको समूह बनाई २०६६ सालमा बिधिवत रुपमा दर्ता भइ बैधानिक रुप लिएको हो।हाल यश सहकारीमा तीन सय बीस जना शेयर सदस्य रहेका छन भने तीन लाख शेयर पुजिबाट शुरु भएको यश सस्थाको हाल ९४ लाख शेयर पुजि रहेको बताएको छ।सस्थाले ३ लाख ७९ हजार३७ हजार नौ सय सड्चालिस रुपैया ऋण लगानी गरेको छ।करिब पचास हजार आन्तरिक शेयर सदस्यलाई उपचार खर्च समेत सहयोग गरेको बताए।६७ लाख दुई हजार आठ सय दस आम्दानीमा ५७लाख१८ हजार दुई सय दश आमदानीमा ५७ लाख अठार हजार दुई सय पचहत्तर खर्च गर्दा खुद मुनाफा नौ लाख चौरासी हजार पाँच सय पैतिस भएको जनाएको छ।कार्यक्रममा मेयर तारा सुब्बा वडाध्यक्ष नरेस इबारम र रत्न कटुवाललाई सम्मान गरिएको थियो।शेयर सदस्यका एसइइ उतिर्ण विद्यार्थीहरुलाई पनि प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिका थिए ।

No comments:

Post a Comment