Tuesday, September 12, 2017

आदिवासी धरानमा सुबास लिम्बु

निमा पोङ्स्युवा
आदिवासी महासङ धरानमा लिम्बू
धरान / नेपाल आदिवासी जनजाति महासङ नगर समन्वय परिषद धरानको भाद्र २४र२५ गते सम्पन्न तेस्रो अधिबेशनले किरात याक्थुङ चुम्लुङका प्रतिनिधि सुबासचन्द्र लिम्बू अध्यक्ष पदमा निर्वाचित भएका छन।उहाका प्रतिद्वन्दी तामाङ घेदुङका प्रतिनिधि रामबहादुर तामाङले ४ मत ल्याएर पराजय भएका हुन।लिम्बुले १३ मत मध्ये ९ मत प्राप्त गरेका हुन।उपाध्यक्ष पदमा महिलामा तारा शाक्य निर्बिरोध निर्वाचित भएका हुन भने सह सचीव पदमा ङार्जेवा पेज्यबा,कर्ण सुनुवार,मुना रानामगर निर्बिरोध निर्वाचित भएका हुन।दुई उपाध्यक्षमा जयबहादुर माझी,पहुपलाल उराँव १३ र ९ मत प्राप्त गरि बिजयी भएका छ्न।उपाध्यक्ष प्रतिद्वन्द्वी भुजेलका प्रतिनिधिले ४ मत ल्याएका थिए।सचिब पदमा याक्खा छुम्माका हेमराज यक्खा र कोशाध्यक्षमा शेर्पा संघका दातेम्बा शेर्पाले ९-९ मत प्राप्त गरि बिजयी भएका हुन।प्रतिद्वन्द्वी यायोक्खाका सन्तकुमार राई र यम गुरुङले ४-४ मत प्राप्त गरि पराजित भएका हुन।धरानमा हाल ५९ जाती मध्ये १३ जातिय सस्था आवद्ध छ्न।२४ गतेको उद्घाटन सत्र नेफिन सुनसरीका अध्यक्ष रामकुमार राईले उद्घाटन गरेका थिए।सहमती हुननसक्दा मतदान प्रक्रियामा जानू परेको हो।अघिल्लो परिषद नेपाल मगर संघका चित्रराज थापामगरले नेतृत्व गरेका थिए।

No comments:

Post a Comment