Wednesday, September 20, 2017

शेर्पा संघद्वारा मन्त्रीलाई सम्मान

धरान / नेपाल शेर्पा संघ सुनसरी द्वारा सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत र राज्यमन्त्री वाङ्दी शेर्पालाई सम्मान गरेको छ।मन्त्री द्वय पुर्वी भ्रमण आएको अवसर पारेर हिमालयन महायान देछेन छोलिङ गुम्बा धरान १८ मा उक्त सम्मान कार्यक्रम गरेको हो।सम्मान कार्यक्रममा शेर्पा संघको निर्माणाधीन अत्याधुनिक भवनको बारे अध्यक्ष गेल्बु शेर्पाले साढे चार करोड्को लागतमा बन्ने कुराको प्रस्ताव समेत गर्नुभएको हो।सो प्रस्तावलाई मन्त्री बस्नेतले पुरक बजेटबाट सम्बोधन गर्न सकिने बताए।

No comments:

Post a Comment