धरान /किरात याक्थुङ चुम्लुङ धरानको लिम्बुवान अध्ययन केन्द्रले आदिवासी लिम्बुहरुको प्रथाजनित कानुन र लिम्बुवान आन्दोलनको इतिहास थातथलो र पहिचान बिसयमा शुक्रबार दुई विद्वान डा. चैतन्य सुब्बा र डा. डम्बर चेम्जोङ द्वारा प्रस्तुतीकरण गरेका हुन।
डा. चैतन्य सुब्बाले मुन्धुममा रहेका प्रथा परम्परा अनुसारको फौजदारी कानुन बारे प्रस्ट्याएका थिए।मुन्धुम मै मृत्यु दण्ड जस्ता क्रियाकलाप वा सजाय भएकोले आजको मृत्युदण्ड पनि मुन्धुमबाट प्रचलन भएको हो कि भन्नुहुन्छ।मुन्धुममा फुलले हानेर समेत आफ्नो दाजुभाइको हत्या गरेकोले लिम्बू समुदायमा अहिले पनि चेलिले माईतिलाई फुल दिनुहुदैन भन्ने प्रथा परम्परा रहेको बताए।सुब्बा पद सङ्गै किपट पनि घट्दै गएको बताए।किपट क्षय हुनुमा सुभाङ्गी प्रथा जिम्मेवार भएको बताए।
डा.डम्बर चेम्जोङले लिम्बुवान आन्दोलनको इतिहास थातथलो र पहिचान बारे प्रस्तुतीकरण गरेका थिए।लिम्बू समुदायलाई सस्कृतिबाट छुटाउनको लागि किपट प्रथा तोडिएको बताए।आर्य इतिहास लेख्नु भन्दा अगाडि नै अनार्य अर्थात किरात ईतिहास लेखिसकेको हुदाहुदै पनि किरात इतिहासलाई अन्धकारको इतिहास भनेर लिच्छविकाललाई मात्र स्वर्ण इतिहास भनेर बिभेदगरि उल्लेख गरिए।हाल आएर ती इतिहासलाई त आर्यले मानेर गए लिम्बू समुदायले पनि त्यस्लाई स्विकार्नु दुखको कुरा बताए।दस लिम्बु हुँदै आएका इतिहास लिम्बुवान इतिहासका जिबित इतिहास रहेको बताए।
Friday, September 15, 2017
चुम्लुङमा दुई बिद्वान डम्बर चेम्जोङ र चैतन्य सुब्बा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment