धरान /नेपाल आदिवासी जनजाति नगर समन्वय परिषद धरानले हाल बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानमा भैरहेको आन्दोलनको घोर आपत्ति जनाएको छ।
सोमबार एक बिग्यप्ति जारी गर्दै हाल भैरहेको बन्द प्रती ध्यानाकर्षण भएको जनाउदै स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रमा अशान्त हुनु र सर्वसाधारणले सेवा सुबिधाबाट बन्चित हुनु दुखको कुरा भएको जनाएको छ।सबै प्रशासनिक कार्य समेत प्रभावित भएकोले सेवाग्राही मारमा परेको जनाएको छ।लोकतन्त्रमा आफ्ना माग राख्ने अधिकार भए पनि दुबै पक्ष गम्भिर हुन आग्रह गरिएको छ।यसरी स्वास्थ्य क्षेत्र लामो समय सम्म बन्दको कारण सिङ्गो धरानकै छबिमा समेत नकारात्मक असर पर्ने भएको भन्दै आन्दोलनरत पक्षको जायज मागलाई अबिलम्ब सम्बोधन गरि प्रशासनिक कार्य तथा स्वास्थ सेवा सुचारु गर्न बिग्यप्ती मार्फत ध्यानाकर्षण गराएको छ।बिग्यप्तिमा अध्यक्ष सुबासचन्द्र हुक्पा चोङ्बाङ र सचिब हेमराज याक्खाले हस्ताक्षर गरेको छ।
Monday, September 25, 2017
बिपिको बन्द प्रती आदिवासीको बिग्यप्ति
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment