निमा पोङ्स्युवा-
धरान/सङ्घीय समाजबादी फोरम आवद्ध विद्यार्थी सङ्गठन समाजबादी विद्यार्थी फोरमको धरानमा सङ्गठन तिब्र रुपमा भैरहेको छ।
उच्च माबी हुँदै सबै क्याम्पसमा गठनको लक्ष्य राखी चाडै धरान नगर विद्यार्थी सम्मेलन गर्ने योजना रहेको कुरा महेन्द्र क्याम्पस इकाई अध्यक्ष नरेश लिम्बुले जनाए।हालसम्म निकेतन उच्च- माबिमा पासाङ शेर्पाको अध्यक्षतामा ४० सदस्यीय समाजबादी विद्यार्थी फोरम गठन भएको छ।ज्ञानोदय उच्च माबिमा अनन चाम्लिङ्को अध्यक्षतामा ३९ सदस्यीय विद्यार्थी फोरम गठन भएको कुरा अर्का विद्यार्थी नेता सुमन राईले जानकारी गराए।त्यसैगरी महेन्द्र बहुमुखि क्याम्पस धरानका विभिन्न सङ्कायमा कक्षा समिती पनि गठन भएका छन।शिक्षा सङ्काय प्रथम वर्षमा कुशाहाङ लिम्बुको अध्यक्षतामा २७ सदस्यीय कक्षा समिती गठन गरेको छ।बिबिएस प्रथम वर्षमा सन्जोग लिम्बुको अध्यक्षतामा २३ सदस्यीय कक्षा समिती गठन भएको छ भने बिए प्रथम वर्षमा हरि इवाहाङको अध्यक्षतामा १३ सदस्यीय फोरविद्यार्थी कक्षा समिती गठन भएको कुरा स्वबियु सभापति सागर चेम्जोङले बताए ।महेन्द्र बहुमुखी क्याम्पस धरानमा समाजबादी विद्यार्थी फोरमले जित हासिल गरेको छ।यसैगरी धरान भित्र रहेका अन्य उच्च माबी तथा क्याम्पसमा क्रमिक रुपमा गठन गरेर नगर सम्मेलन गर्ने जानकारी विद्यार्थी नेताले दिएका छन।
Tuesday, February 6, 2018
विद्यार्थी फोरम सङ्गठित हुदै
Monday, February 5, 2018
आदिवासी कला र प्राकृतिक
भारतको मेघालय राज्यको खसी आदिवासी र गारो आदिवासीको भुमी र त्यहाको हस्तकला तथा प्राकृतिक आकर्षक सम्पदा जहाँ हजारौ पर्यटक आउने गरिन्छ।
Sunday, February 4, 2018
मेयर कप २२ गतेदेखि उद्घाटन २९ गते
निमा पोङ्सुवा=
धरान / अन्तर्बिद्यालय खेलकुद प्रतियोगिता धरान मेयर कप माघ २२ गतेदेखि खेल सन्चालन हुनेछन् भने औपचारिक उद्घाटन भने माघ २९ गते धरान रंगशालामा हुने भएको छ।
प्रतियोगिता बारे आज उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलन गर्दै ११ खेलमा धरान भित्रका ५४ बिद्यालयले भाग लिने भएको छ।प्रतियोगिता आगामी फागुन ७ गतेसम्म चल्नेछ।
मेयर अर्जुन माबुहाङको बिजयपुरको कार्यपत्र
निमा पोङ्स्युवा-
धरान /तेह्रथुम जिल्ला लालिगुरास नगरपालिकाका मेयर अर्जुन माबोहाङले बिजयपुर सम्रक्षण बारे "बिजयपुर दरवार चर्चा-परिचर्चा" शिर्षकमा प्रोजेक्टरबाट कार्यपत्र प्रस्तुत गरिरहदा धरानकै मेयर तारा सुब्बा भने अनुपस्थित थिए।'लालिगुरासका मेयर आएर बिजयपुरको ऐतिहासिक महत्त्वको भिडियो सहित देखाउनु भयो तर हाम्रै धरानका मेयर आउनु भएन भनेर दुखेसो पोख्दै बिजयपुर संरक्षण संघर्ष समितिका अध्यक्ष सुबास हुक्पाचोङ्बाङले आगामी दिन उहाको उपस्थिति रहने आशा र बिश्वास गरे।संघर्ष समितिले चुम्लुङ हिम धरान १५ मा आज एक अन्तर्कृया गरेको थियो।अन्तर्क्रीयामा अर्जुन माबुहाङले अहिलेको अवस्थामा त्यहा जाने हो भने केही देखिदैन र यसको महत्त्वबारे थाहा नहुने भन्दै उहाले आफै खिचेर सङ्कलन गरेको विभिन्न पुरातात्त्विक महत्त्वको फोटोहरु देखाउदै यी सामग्री र भग्नाबशेसको उत्खनन र सम्रक्षण गरे मात्र त्यस्को महत्त्व बुझ्ने बताए।रास्ट्रीय सम्पदाको सुचिमा परिसकेको अवस्थामा विश्व सम्पदा सुचिमा पारेर खानेपानीको महत्व भन्दा बढी महत्त्वपूर्ण हुने बताए।प्रोजेक्टरमा फोटो हेरेर भक्त लिम्बुले भने अब ती सामग्री खोजेर संरक्षण गर्नुपर्ने र कसरी गर्न सकिन्छ भन्दै हाल त्यस् आसपासमा रहेको घरलाई घर नम्बर दिएर धनीपुर्जा दिने आश्वासन रोक्नुपर्ने राय दिए।बिजयपुरका बासिन्दा फणिन्द्र श्रेष्ठले त्यस क्षेत्रका बासिन्दालाई सबै गतिविधि सुसूचित हुनुपर्ने भन्दै खानेपानीबाट बन्चित नगर्न आग्रह गरे।सहभागी अमीत थेबेले बिजयपुर धरानको मात्र नभै प्रदेश १ को होइन रास्ट्रीय सम्पदा सुचिमा परिसकेकोले अब विश्व सम्पदा सुचिमा राख्न पहल गर्दै खानेपानीले बिजयपुरबासि जसरी लाभान्वित हुन्छ भोलि पर्यटकीय क्षेत्र भएपछी त्यसको लाभ बिजयपुरकै बासिन्दा लिने बताए।काठमाडौबाट आएका आदिवासी अधिकारकर्मी तथा सेभ भेल्लिका रोक्सना कपाली राज्यको यस्तो कठोर निर्णयले उपत्यकाको जस्तै बिनास गर्ने बताए।अन्तरक्रीया कार्यक्रममा विभिन्न संघ सस्थाका ब्यक्तिहरुको उपस्थिति थिए।
समाजबादी विद्यार्थी सङ्गठित हुदै
निमा पोङ्स्युवा-
धरान / सङ्घीय समाजबादी फोरमको विद्यार्थी सङ्गठन समाजबादी विद्यार्थी फोरमको धरानमा सङ्गठन बिस्तार गरेको छ।
शनिबार महेन्द्र क्याम्पसमा धरानका विभिन्न उच्च माबिको प्रतिनिधिहरु भेला भएका थिए ।प्रतिनिधि मुलक रूपमा उपस्थित भएका विद्यार्थी प्रतिनिधिहरुले आ आफ्नो बिद्यालयमा सङ्गठन गर्ने र नभएका बिद्यालयमा चाडो भन्दा चाडो सङ्गठन गर्ने निर्णय गरेको छ।सबै बिद्यालयले सङ्गठ्स्न बिस्तार गरेपछि छिट्टै धरान उपमहानगर समितिको भेलाको आयोजना गर्ने कुरा महेन्द्र क्याम्पस इकाई अध्यक्ष नरेश लिम्बुले बताए।सुनसरी विद्यार्थी इन्चार्ज सुमन राईले सुनसरी भित्र रहेका विद्यार्थी सङ्गठनको अवस्था जानकारी गराउदै सबै विद्यार्थी एकजुट गराउन र हुन आग्रह गरे।भेलामा महेन्द्र क्याम्पस स्वबियु सभापति सागर चेम्जोङले बर्तमन शिक्षा नीति तथा पाठ्यक्रम समय सापेक्ष नभएको जनाउदै तृभासिक नितिमा मात्री भासा सहितको पाठ्यक्रम हुनुपर्ने भन्दै समाजबादी विद्यार्थीको मुख्य एजेन्डा भएकोले सोही अनुसार अगाडि बढ्ने बताए।कार्यक्रम स्वबियु महेन्द्र क्याम्पस सदस्य उदिप लिम्बुले गरेका थिए।
Saturday, February 3, 2018
बिस्णु थाङ्देनको हत्याको योजनाकार पुर्णकला लिम्बु
निमा पोङ्स्युवा-
धरान / जनमुक्ति पार्टीका केन्द्रिय सदस्य बिस्णु थाङ्देनको हत्या गर्ने योजनाकार जनमुक्ति पार्टी कै नेता पुर्णकला लिम्बू भएको ठहर गर्दै कानुनी कार्वाही समेत हुने गरि पार्टीबाट निस्कासन गरेको छ।
महासचिब केशब सुर्यबङ्शी र अध्यक्ष केपि पालुङ्बाको संयुक्त हस्ताक्षरित जारी आजको प्रेस बिज्ञप्तिमा भनिएको छ,"
राष्ट्रिय जनमुक्ती पार्टी संघिय परिषद सदस्य (केन्द्रिय सदस्य) बिष्णु थाम्देनलाई मिति २०७४ माघ १५ गते सोम्बारका दिन साँझ धरान उपमहानगरपालिका वडा नं ९ सब्जिमण्डि निजको आफ्नो ब्यावसायिक पसल नजिकै अपराधिक समुह द्धारा ज्यान मार्ने उदेश्यका साथ सांघातिक आक्रमण भएको घटनामा सम्लग्न भनि राष्ट्रिय जनमुक्ती पार्टीको जिम्मेवार पदमा रहेकी पुर्णकला लिम्बुलाई प्रहरि प्रशासनले कानुनि प्रकृयालाई अवलम्बन गदै सुक्ष्म खोज अनुशन्धान गरि पत्तालगाई पक्राउ गरि कानुनि कार्वाहि अगाडि बढाएको कुरा सम्बन्धित निकायबाट जानकारि प्राप्त भएकोले निज पुर्णकला लिम्बुलाई आजकै मितिबाट लागु हुने गरि राष्ट्रिय जनमुक्ती पार्टीको सबैखाले पदिय जिम्मेवारिबाट र साधारण सदस्य समेतबाट मुक्त गरिएको ब्यहोरा यसै प्रेश बज्ञप्ति मार्फत सार्बजनिक गरिन्छ।"
पीडित बिस्णु थाङ्देनले हत्याका योजनार पुर्णकला लिम्बू र फोनवाट धम्क्याउने शेखर लिम्बुलाई हिजै इलाका प्रहरि कार्यालय धरानले पक्राउ गरेको जानकारी गराएका थिए भने आक्रमण कारी दिपेश राई भने अझै फरार रहेको बताए ।योजनाकार पुर्णकला लिम्बुले बिस्णु थाङ्देनको हत्या गर्न पन्ध्र लाख रुपैया र दुइटा पल्सर बाईक दिने शर्त गरेको खुलासा भएको छ।पुर्णकलाले बिस्णु थाङ्देनको नाईटोमा प्रहार गरेर मार्नु भन्ने फोन कल डिटेल प्रहरु आफुलाई सुनाएको बिस्णु थाङ्देनले बताए।पुर्णकला लिम्बू स्थानिय चुनाबमा जनमुक्ति पार्टीको धरान नगरपालिकाबाट मेयर पदमा उम्मेदवार बनेका थिए भने प्रदेश सभा चुनावमा पनि साम्सद पदका लागि उम्मेदवारी दिएका थिए।बिस्णु थाङ्देनले तत्काल गठबन्धन गरेर मेयरमा माओवादी केन्द्र र उपमेयरमा सङ्घीय समाजबादिलाई सघाएर पार्टी अघि बढ्ने कुरा राखेकोले तेस्को रिसले आफुलाई हत्याको योजना बनाएको हुनसक्ने भन्दै त्यस् बाहेक अन्य लेनदेन र रिस इबि पुर्णकला सङ्ग नभएको जानकारी दिए।
तस्बिर : आरोपित पुर्णकला लिम्बु
बिस्णु थाङ्देनको हत्या गर्न पन्ध्र लाख र दुईटा बाईक दिने शर्त
निमा पोङ्स्युवा-
धरान/जनमुक्ति पार्टीको नेता बिस्णु थाङ्देनको हत्या गर्ने मुख्य योजनाकार सहित दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।
उपचार पछि डिस्चार्ज भएर हाल घरमै आराम गरिरहेका पिडित बिस्णुले आज भेटघाटको क्रममा आफू माथी आक्रमण गराउन योजना बनाउने योजनाकारलाई पक्राउ गरेको जानकारी दिए।तर भाला प्रहार गर्ने मुख्य ब्यक्ती भने अझै फरार रहेको बताए ।मुख्य योजनाकार आफ्नै पार्टीको ब्यक्ती रहेको प्रमाण प्रहरीले उपलब्ध गराएको बताए।पिडित थाङ्देनले पक्राउ परेका ब्यक्तिको नाम बताए पनि प्रहरीले अनुसन्धानमा असर पर्ने भन्दै नाम सार्वजनिक गरेको छैन।आफुलाई आक्रमण मात्र नभै हत्या नै गर्ने योजना बनाएको कुरा समेत जानकारी गराए।आफ्नो ज्यान मार्नको लागि पन्ध्र लाख र दुइटा पल्सर बाईक समेत दिने सर्तमा आक्रमण गरेको खुलासा गर्नुभयो।आफ्नै पार्टीको मान्छे द्वारा नै हत्याको योजना बनाएको खुलासा गरे।आफुले सोच्दै नसोचेको ब्यक्तिबाट नै यसरी योजना बनेको थाहा पाउदा आश्चर्य भएको बताए।आफुले केही शङ्कास्पद ब्यक्तिको नाम दिएको तर नसोचेको ब्यक्तिको कल डिटेल्स प्रहरिले सुनाएकोले त्यही अनुसार कार्वाहीको भागी हुनुपर्ने बताए।
Friday, February 2, 2018
बुढासुब्बा गोल्डकप प्रोमोसन कन्सर्ट हुदै
बिसौ बुढासुब्बा गोल्ड्कप फुटबल प्रतियोगिता लाई प्रचारप्रसार गर्ने उद्देश्यले धरानको भानुचोकमा कन्सर्ट भैरहेको छ।फुटबल प्रतियोगितालाई अझ व्यापक बनाउन एपि शेर्पा सहितको धरानको कलाकारहरुको प्रस्तुति भैरहेको छ।कार्यक्रमलाई कृति टेलिभिजन र धरान स्पेसले लाईभ प्रशारण गरिरहेको छ।बुढासुब्बा गोल्डकप भोलि २० गते शनिबारदेखि शुरु हुदैछ।
जनजाति धरान नगर महासङको पाचौ बैठक
निमा पोङ्स्युवा-
धरान -नेपाल आदिवासी जनजाति नगर महासङ धरानले कार्यबिभाजन गरेको छ।आज १९ शुक्रबार बसेको पाचौ बैठकले उक्त निर्णय गरेको हो।निर्णय अनुसार सङ्गठन बिभागमा अध्यक्ष सुबासचन्द्र हुक्पाचोङ्बाङ र सचिब हेमराज जिमि याख्खा,प्रहरी प्रशासन बिभागमा तारा शाक्य,स्वास्थ्य तर्फ पहुपलाल उराव,शिक्षा तर्फ ङार्जेवा पेज्यबा,भासा सस्कृती तर्फ दातेम्बा शेर्पा र सन्चार तथा प्रचार प्रसार तर्फ कर्ण सुनुवारलाई जिम्मेवारी दिएको छ।
वडागत सम्रचना अनुसार सबै जातिय सस्थाको वडा इकाई गठन सङ्गै वडा महासङ गठन गर्ने निर्ण पनि गरेको छ।आजकै बैठकले धरान उपमहानगरपालिका भित्रको बिसै वटा वडामा महासङले चालू आर्थिक वर्षको लक्षित बजेटलाई कार्यान्वयन गर्नको लागि प्रस्ताव हाल्ने पनि निर्णय गरेको छ।
Thursday, February 1, 2018
बिज्ञान प्रदर्शनी तथा शैक्षिक मेला
विद्यार्थीले उडाए ड्रोन
निमा पोङ्स्युवा-
--------------
धरान - पब्लिक उच्च माबी धरानको आयोजनामा भैरहेको बिज्ञान प्रदर्शनीमा दिल्ली पब्लिक स्कुलका विद्यार्थीले यसरी उडाए ड्रोन।धरानमा रहेका बिध्यालयहरुले प्रदर्शनीमा भाग लिएका छ्न।सिटि शहर,लोडर,बिजुली ट्रास्फर,सुक्ष्मदर्शक यन्त्रद्वारा अवशेष लगायत प्रदर्शनीमा राखिएको छ।घरमा चोरबाट वचन मोबाईलबाटै साइरन जडित एप्स पनि प्रदर्शनीमा राखिएको छ।प्रदर्शनी हेर्न सबै बिद्यालयबाट बिद्यार्थीको चाप लागेको छ।हिजो माघ १७ गते शुरु भै आज १८ गते अन्तिम सकिदैछ।