निमा पोङ्स्युवा-
धरान / जनमुक्ति पार्टीका केन्द्रिय सदस्य बिस्णु थाङ्देनको हत्या गर्ने योजनाकार जनमुक्ति पार्टी कै नेता पुर्णकला लिम्बू भएको ठहर गर्दै कानुनी कार्वाही समेत हुने गरि पार्टीबाट निस्कासन गरेको छ।
महासचिब केशब सुर्यबङ्शी र अध्यक्ष केपि पालुङ्बाको संयुक्त हस्ताक्षरित जारी आजको प्रेस बिज्ञप्तिमा भनिएको छ,"
राष्ट्रिय जनमुक्ती पार्टी संघिय परिषद सदस्य (केन्द्रिय सदस्य) बिष्णु थाम्देनलाई मिति २०७४ माघ १५ गते सोम्बारका दिन साँझ धरान उपमहानगरपालिका वडा नं ९ सब्जिमण्डि निजको आफ्नो ब्यावसायिक पसल नजिकै अपराधिक समुह द्धारा ज्यान मार्ने उदेश्यका साथ सांघातिक आक्रमण भएको घटनामा सम्लग्न भनि राष्ट्रिय जनमुक्ती पार्टीको जिम्मेवार पदमा रहेकी पुर्णकला लिम्बुलाई प्रहरि प्रशासनले कानुनि प्रकृयालाई अवलम्बन गदै सुक्ष्म खोज अनुशन्धान गरि पत्तालगाई पक्राउ गरि कानुनि कार्वाहि अगाडि बढाएको कुरा सम्बन्धित निकायबाट जानकारि प्राप्त भएकोले निज पुर्णकला लिम्बुलाई आजकै मितिबाट लागु हुने गरि राष्ट्रिय जनमुक्ती पार्टीको सबैखाले पदिय जिम्मेवारिबाट र साधारण सदस्य समेतबाट मुक्त गरिएको ब्यहोरा यसै प्रेश बज्ञप्ति मार्फत सार्बजनिक गरिन्छ।"
पीडित बिस्णु थाङ्देनले हत्याका योजनार पुर्णकला लिम्बू र फोनवाट धम्क्याउने शेखर लिम्बुलाई हिजै इलाका प्रहरि कार्यालय धरानले पक्राउ गरेको जानकारी गराएका थिए भने आक्रमण कारी दिपेश राई भने अझै फरार रहेको बताए ।योजनाकार पुर्णकला लिम्बुले बिस्णु थाङ्देनको हत्या गर्न पन्ध्र लाख रुपैया र दुइटा पल्सर बाईक दिने शर्त गरेको खुलासा भएको छ।पुर्णकलाले बिस्णु थाङ्देनको नाईटोमा प्रहार गरेर मार्नु भन्ने फोन कल डिटेल प्रहरु आफुलाई सुनाएको बिस्णु थाङ्देनले बताए।पुर्णकला लिम्बू स्थानिय चुनाबमा जनमुक्ति पार्टीको धरान नगरपालिकाबाट मेयर पदमा उम्मेदवार बनेका थिए भने प्रदेश सभा चुनावमा पनि साम्सद पदका लागि उम्मेदवारी दिएका थिए।बिस्णु थाङ्देनले तत्काल गठबन्धन गरेर मेयरमा माओवादी केन्द्र र उपमेयरमा सङ्घीय समाजबादिलाई सघाएर पार्टी अघि बढ्ने कुरा राखेकोले तेस्को रिसले आफुलाई हत्याको योजना बनाएको हुनसक्ने भन्दै त्यस् बाहेक अन्य लेनदेन र रिस इबि पुर्णकला सङ्ग नभएको जानकारी दिए।
तस्बिर : आरोपित पुर्णकला लिम्बु
Saturday, February 3, 2018
बिस्णु थाङ्देनको हत्याको योजनाकार पुर्णकला लिम्बु
बिस्णु थाङ्देनको हत्या गर्न पन्ध्र लाख र दुईटा बाईक दिने शर्त
निमा पोङ्स्युवा-
धरान/जनमुक्ति पार्टीको नेता बिस्णु थाङ्देनको हत्या गर्ने मुख्य योजनाकार सहित दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।
उपचार पछि डिस्चार्ज भएर हाल घरमै आराम गरिरहेका पिडित बिस्णुले आज भेटघाटको क्रममा आफू माथी आक्रमण गराउन योजना बनाउने योजनाकारलाई पक्राउ गरेको जानकारी दिए।तर भाला प्रहार गर्ने मुख्य ब्यक्ती भने अझै फरार रहेको बताए ।मुख्य योजनाकार आफ्नै पार्टीको ब्यक्ती रहेको प्रमाण प्रहरीले उपलब्ध गराएको बताए।पिडित थाङ्देनले पक्राउ परेका ब्यक्तिको नाम बताए पनि प्रहरीले अनुसन्धानमा असर पर्ने भन्दै नाम सार्वजनिक गरेको छैन।आफुलाई आक्रमण मात्र नभै हत्या नै गर्ने योजना बनाएको कुरा समेत जानकारी गराए।आफ्नो ज्यान मार्नको लागि पन्ध्र लाख र दुइटा पल्सर बाईक समेत दिने सर्तमा आक्रमण गरेको खुलासा गर्नुभयो।आफ्नै पार्टीको मान्छे द्वारा नै हत्याको योजना बनाएको खुलासा गरे।आफुले सोच्दै नसोचेको ब्यक्तिबाट नै यसरी योजना बनेको थाहा पाउदा आश्चर्य भएको बताए।आफुले केही शङ्कास्पद ब्यक्तिको नाम दिएको तर नसोचेको ब्यक्तिको कल डिटेल्स प्रहरिले सुनाएकोले त्यही अनुसार कार्वाहीको भागी हुनुपर्ने बताए।
Friday, February 2, 2018
बुढासुब्बा गोल्डकप प्रोमोसन कन्सर्ट हुदै
बिसौ बुढासुब्बा गोल्ड्कप फुटबल प्रतियोगिता लाई प्रचारप्रसार गर्ने उद्देश्यले धरानको भानुचोकमा कन्सर्ट भैरहेको छ।फुटबल प्रतियोगितालाई अझ व्यापक बनाउन एपि शेर्पा सहितको धरानको कलाकारहरुको प्रस्तुति भैरहेको छ।कार्यक्रमलाई कृति टेलिभिजन र धरान स्पेसले लाईभ प्रशारण गरिरहेको छ।बुढासुब्बा गोल्डकप भोलि २० गते शनिबारदेखि शुरु हुदैछ।
जनजाति धरान नगर महासङको पाचौ बैठक
निमा पोङ्स्युवा-
धरान -नेपाल आदिवासी जनजाति नगर महासङ धरानले कार्यबिभाजन गरेको छ।आज १९ शुक्रबार बसेको पाचौ बैठकले उक्त निर्णय गरेको हो।निर्णय अनुसार सङ्गठन बिभागमा अध्यक्ष सुबासचन्द्र हुक्पाचोङ्बाङ र सचिब हेमराज जिमि याख्खा,प्रहरी प्रशासन बिभागमा तारा शाक्य,स्वास्थ्य तर्फ पहुपलाल उराव,शिक्षा तर्फ ङार्जेवा पेज्यबा,भासा सस्कृती तर्फ दातेम्बा शेर्पा र सन्चार तथा प्रचार प्रसार तर्फ कर्ण सुनुवारलाई जिम्मेवारी दिएको छ।
वडागत सम्रचना अनुसार सबै जातिय सस्थाको वडा इकाई गठन सङ्गै वडा महासङ गठन गर्ने निर्ण पनि गरेको छ।आजकै बैठकले धरान उपमहानगरपालिका भित्रको बिसै वटा वडामा महासङले चालू आर्थिक वर्षको लक्षित बजेटलाई कार्यान्वयन गर्नको लागि प्रस्ताव हाल्ने पनि निर्णय गरेको छ।
Thursday, February 1, 2018
बिज्ञान प्रदर्शनी तथा शैक्षिक मेला
विद्यार्थीले उडाए ड्रोन
निमा पोङ्स्युवा-
--------------
धरान - पब्लिक उच्च माबी धरानको आयोजनामा भैरहेको बिज्ञान प्रदर्शनीमा दिल्ली पब्लिक स्कुलका विद्यार्थीले यसरी उडाए ड्रोन।धरानमा रहेका बिध्यालयहरुले प्रदर्शनीमा भाग लिएका छ्न।सिटि शहर,लोडर,बिजुली ट्रास्फर,सुक्ष्मदर्शक यन्त्रद्वारा अवशेष लगायत प्रदर्शनीमा राखिएको छ।घरमा चोरबाट वचन मोबाईलबाटै साइरन जडित एप्स पनि प्रदर्शनीमा राखिएको छ।प्रदर्शनी हेर्न सबै बिद्यालयबाट बिद्यार्थीको चाप लागेको छ।हिजो माघ १७ गते शुरु भै आज १८ गते अन्तिम सकिदैछ।