Saturday, February 3, 2018

बिस्णु थाङ्देनको हत्या गर्न पन्ध्र लाख र दुईटा बाईक दिने शर्त

निमा पोङ्स्युवा-
धरान/जनमुक्ति पार्टीको नेता बिस्णु थाङ्देनको हत्या गर्ने मुख्य  योजनाकार सहित दुई जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।
               उपचार पछि डिस्चार्ज भएर हाल घरमै आराम गरिरहेका पिडित बिस्णुले आज भेटघाटको क्रममा आफू माथी आक्रमण गराउन योजना बनाउने योजनाकारलाई पक्राउ गरेको जानकारी दिए।तर भाला प्रहार गर्ने मुख्य ब्यक्ती भने अझै फरार रहेको बताए ।मुख्य योजनाकार आफ्नै पार्टीको ब्यक्ती रहेको प्रमाण प्रहरीले उपलब्ध गराएको बताए।पिडित थाङ्देनले पक्राउ परेका ब्यक्तिको नाम बताए पनि प्रहरीले अनुसन्धानमा असर पर्ने भन्दै नाम सार्वजनिक गरेको छैन।आफुलाई आक्रमण मात्र नभै हत्या नै गर्ने योजना बनाएको कुरा समेत जानकारी गराए।आफ्नो ज्यान मार्नको लागि पन्ध्र लाख र दुइटा पल्सर बाईक समेत दिने सर्तमा आक्रमण गरेको खुलासा गर्नुभयो।आफ्नै पार्टीको मान्छे द्वारा नै हत्याको योजना बनाएको खुलासा गरे।आफुले सोच्दै नसोचेको ब्यक्तिबाट नै यसरी योजना बनेको थाहा पाउदा आश्चर्य भएको बताए।आफुले केही शङ्कास्पद ब्यक्तिको नाम दिएको तर नसोचेको ब्यक्तिको कल डिटेल्स प्रहरिले सुनाएकोले त्यही अनुसार कार्वाहीको भागी हुनुपर्ने बताए।

No comments:

Post a Comment