निमा पोङ्स्युवा-
धरान /तेह्रथुम जिल्ला लालिगुरास नगरपालिकाका मेयर अर्जुन माबोहाङले बिजयपुर सम्रक्षण बारे "बिजयपुर दरवार चर्चा-परिचर्चा" शिर्षकमा प्रोजेक्टरबाट कार्यपत्र प्रस्तुत गरिरहदा धरानकै मेयर तारा सुब्बा भने अनुपस्थित थिए।'लालिगुरासका मेयर आएर बिजयपुरको ऐतिहासिक महत्त्वको भिडियो सहित देखाउनु भयो तर हाम्रै धरानका मेयर आउनु भएन भनेर दुखेसो पोख्दै बिजयपुर संरक्षण संघर्ष समितिका अध्यक्ष सुबास हुक्पाचोङ्बाङले आगामी दिन उहाको उपस्थिति रहने आशा र बिश्वास गरे।संघर्ष समितिले चुम्लुङ हिम धरान १५ मा आज एक अन्तर्कृया गरेको थियो।अन्तर्क्रीयामा अर्जुन माबुहाङले अहिलेको अवस्थामा त्यहा जाने हो भने केही देखिदैन र यसको महत्त्वबारे थाहा नहुने भन्दै उहाले आफै खिचेर सङ्कलन गरेको विभिन्न पुरातात्त्विक महत्त्वको फोटोहरु देखाउदै यी सामग्री र भग्नाबशेसको उत्खनन र सम्रक्षण गरे मात्र त्यस्को महत्त्व बुझ्ने बताए।रास्ट्रीय सम्पदाको सुचिमा परिसकेको अवस्थामा विश्व सम्पदा सुचिमा पारेर खानेपानीको महत्व भन्दा बढी महत्त्वपूर्ण हुने बताए।प्रोजेक्टरमा फोटो हेरेर भक्त लिम्बुले भने अब ती सामग्री खोजेर संरक्षण गर्नुपर्ने र कसरी गर्न सकिन्छ भन्दै हाल त्यस् आसपासमा रहेको घरलाई घर नम्बर दिएर धनीपुर्जा दिने आश्वासन रोक्नुपर्ने राय दिए।बिजयपुरका बासिन्दा फणिन्द्र श्रेष्ठले त्यस क्षेत्रका बासिन्दालाई सबै गतिविधि सुसूचित हुनुपर्ने भन्दै खानेपानीबाट बन्चित नगर्न आग्रह गरे।सहभागी अमीत थेबेले बिजयपुर धरानको मात्र नभै प्रदेश १ को होइन रास्ट्रीय सम्पदा सुचिमा परिसकेकोले अब विश्व सम्पदा सुचिमा राख्न पहल गर्दै खानेपानीले बिजयपुरबासि जसरी लाभान्वित हुन्छ भोलि पर्यटकीय क्षेत्र भएपछी त्यसको लाभ बिजयपुरकै बासिन्दा लिने बताए।काठमाडौबाट आएका आदिवासी अधिकारकर्मी तथा सेभ भेल्लिका रोक्सना कपाली राज्यको यस्तो कठोर निर्णयले उपत्यकाको जस्तै बिनास गर्ने बताए।अन्तरक्रीया कार्यक्रममा विभिन्न संघ सस्थाका ब्यक्तिहरुको उपस्थिति थिए।
Sunday, February 4, 2018
मेयर अर्जुन माबुहाङको बिजयपुरको कार्यपत्र
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment