Tuesday, February 6, 2018

विद्यार्थी फोरम सङ्गठित हुदै

निमा पोङ्स्युवा-
धरान/सङ्घीय समाजबादी फोरम आवद्ध विद्यार्थी सङ्गठन समाजबादी विद्यार्थी फोरमको धरानमा सङ्गठन तिब्र रुपमा भैरहेको छ।
             उच्च माबी हुँदै सबै क्याम्पसमा गठनको लक्ष्य राखी चाडै धरान नगर विद्यार्थी सम्मेलन गर्ने योजना रहेको कुरा महेन्द्र क्याम्पस इकाई अध्यक्ष नरेश लिम्बुले जनाए।हालसम्म निकेतन उच्च- माबिमा पासाङ शेर्पाको अध्यक्षतामा ४० सदस्यीय समाजबादी विद्यार्थी फोरम गठन भएको छ।ज्ञानोदय उच्च माबिमा अनन चाम्लिङ्को अध्यक्षतामा ३९ सदस्यीय विद्यार्थी फोरम गठन भएको कुरा अर्का विद्यार्थी नेता सुमन राईले जानकारी गराए।त्यसैगरी महेन्द्र बहुमुखि क्याम्पस धरानका विभिन्न सङ्कायमा कक्षा समिती पनि गठन भएका छन।शिक्षा सङ्काय प्रथम वर्षमा कुशाहाङ लिम्बुको अध्यक्षतामा २७ सदस्यीय कक्षा समिती गठन गरेको छ।बिबिएस प्रथम वर्षमा सन्जोग लिम्बुको अध्यक्षतामा २३ सदस्यीय कक्षा समिती गठन भएको छ भने बिए प्रथम वर्षमा हरि इवाहाङको अध्यक्षतामा १३ सदस्यीय फोरविद्यार्थी  कक्षा समिती गठन भएको कुरा स्वबियु सभापति सागर चेम्जोङले बताए ।महेन्द्र बहुमुखी क्याम्पस धरानमा समाजबादी विद्यार्थी फोरमले जित हासिल गरेको छ।यसैगरी धरान भित्र रहेका अन्य उच्च माबी तथा क्याम्पसमा क्रमिक रुपमा गठन गरेर नगर सम्मेलन गर्ने जानकारी विद्यार्थी नेताले दिएका छन।

No comments:

Post a Comment